काठमाडौं । नेकपा एमालेले गोरखा–२ मा चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ ।
च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।
यसअघि २०७९ मा भएको निर्वाचनमा १ बाट पूर्वमन्त्री रामशरण बस्नेत उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसका राजेन्द्र बजागाईसंग भिडेका उनले त्यतिबेला १५ हजार भन्दा बढी मत ल्याउदै दोस्रो भएका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ बाट एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको थियो । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गर्दै चुनाव भिडेका मियाँले ७ हजार हाराहारी मतसहित तेस्रो भएका थिए ।
एमालेको केन्द्रिय सदस्यमा समेत पराजित भएका मियाँलाई अध्यक्ष केपि ओलीले यो पटक भने पत्याएनन् ।