नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ।
नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले फेसबुक लाइभ भिडिओमा यस्तो घोषणा गरेका हुन्।
उनले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस हो भन्ने निर्णय गरेपछि उपसभापति शर्माले फेसबुकमा लाइभ भिडिओमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।