• शनिबार, साउन ९ २०८३

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको मान्यता


शुक्रबार, माघ ३ २०८२
1.4K
Shares

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ।

शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ।

यसबारे आयोगबाट जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। ‘आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,’ चालिसेले नेपालखबरसँग भने।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार