Former US President and Republican presidential candidate Donald Trump speaks during a campaign rally at PPG Paints Arena in Pittsburgh, Pennsylvania on November 4, 2024. (Photo by CHARLY TRIBALLEAU / AFP) (Photo by CHARLY TRIBALLEAU/AFP via Getty Images)
अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ।
फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो।
अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपालसहित २२ देश पनि परेका हुन्।
जसमा नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो।