• शुक्रबार, साउन ८ २०८३

युवा तथा महिलाका लागि तीन दिने उद्दमशीलता विकास तालिम


शनिबार, पुष २६ २०८२
2K
Shares

काठमाडौं । लाजिम्पाटमा युवा तथा महिलाका लागि तीन दिने उद्दमशीलता विकास तालिम सम्पन्न भएको छ। प्रज्ञा सामुदायिक सिकाइ केन्द्र लाजिम्पाटको आयोजनामा यहि पुष २३ गतेदेखि २५ गते सम्म सन्चालन गरिएको थियो।

तालिमको उद्घाटन कार्यक्रमका अधिवक्ता सिताराम घले, सामाजिक तथा राजनितिक व्यक्तित्व निर्मल देउला, सामाजिक उद्दमी देबेन्द्र पोखरेल लगायतले तालिमले व्यवसाय सन्चालन गर्न इच्छुक तथा व्यवसाय सन्चालन गरिहेका सहभागीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने र व्यवसाय सन्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। उनिहरुले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह समेत गरेका थिए।

तालिम अवधिभर उद्मसीलता के हो, कसरी सन्चालन गर्ने, व्यवसायको स्तरोन्नतीका लागि के गर्नुपर्छ, बजारको खोजी,लगानी ब्यपस्थापन,लेखा व्यवस्थापन र समग्रमा व्यसायिक योजना कसरी बनाउने सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा २३ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षण उद्दम विकास विज्ञ रचना पण्डित र कर्ण नेपालीले सहजिकरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा केन्द्रका अध्यक्ष अर्जुन परियारले तालिम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सहभागीहरूको उत्साहजनक सहभागिताको प्रशंसा गरे। समापन समारोहको अन्त्यमा तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो।

आयोजक संस्थाका अनुसार यस्ता तालिम कार्यक्रमहरूले नागरिकलाई उद्ममी बनेर स्वरोजगारका साथै रोजगार सृजना गर्न गरि आर्थिक गतिबिधि बढाउने र नागरिकको जीवनस्तर बढाइ सामाजिक विकासमा सहयोग पुर्‍याउने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कुरा बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार