काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा झण्डै ९ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।