नेपाली काँग्रेस सिरानचोक गाउँपालिका–५ ले पार्टीमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका वडा तहमा विभिन्न जिम्मेवारी निर्वाह गर्ने १२ जनालाई सम्मान गरेको छ ।
पार्टी सभापति विष्णुप्रसाद पोखरेल र पालिका सभापति भक्तबहादुर गुरुङले उनीहरुलाई कदरपत्र र दोसल्लाले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा विष्णु दर्जी, सिराराम घिमिरे, चन्द्रमायाँ बराम, काजीराम गुरुङ, बमबहादुर गुरुङ र गणेश बानियाँ रहेका छन् ।
यसैगरी दयाराम पोखरेल, रामबहादुर बानिया, गुणबहादुर गुरुङ, भरत बहादुर बानिया र बेलमायाँ गुरुङलाई पनि सम्मान गरिएको छ ।
सभापति पोखरेलको अध्यक्षता तथा पालिका सभापति गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि ओम गुरुङ, सिरानचोक गाउँपालिका सचिव बमबहादुर थापा, वडा नं. २ का सचिव राजु गुरुङ, ५ का सहसचिव छबिलाल गुरुङ लगायतले मन्तव्य राखेका थिए ।