• शुक्रबार, साउन ८ २०८३

निर्वाचनको माहोल बनाउन सञ्चारमन्त्री खरेलले गरे मुख्यमन्त्री पाण्डेसंग आग्रह


मंगलबार, पुष १५ २०८२
1.6K
Shares

गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेल बीच भेटबार्ता भएको छ । छुट्टाछुट्टै कार्यक्रमको शिलशिलामा गोरखा आएका उनीहरुले सदरमुकामको गोरखा गार्डेन होटलमा भेटबार्ता गरेका हुन् ।

सरकारका प्रबक्ता समेत रहेका सञ्चार मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक सहयोग र समन्वय गर्नु मुख्यमन्त्री पाण्डेलाई आग्रह गरेका थिए । ‘यो निर्वाचन गराउदा प्रदेशका मुख्यमन्त्रीहरुको दोहोरो जिम्मेवारी हुन्छ । एउटा सरकारी र अर्को राजनीतिक,’ उनले भने,‘कुनै कन्जुस्याइँ नगरी दुबै भूमिका निर्वाह गर्नु हुन म बिनम्र आग्रह गर्दछु ।’

सञ्चार मन्त्री खरेलले शीर्ष राजनीतिक दलको भेटघाट पछि मुलुकमा निर्वाचनको वातावरण झनै राम्रो बनेको बताए । सोमबार दलहरुले निर्वाचन आयोग समक्ष समानुपातिक उम्मेदवारको नामावली बुझाएसँगै अब निर्वाचन हुँदैन कि भन्ने अन्यौलता समाप्त भएको उनको दाबी छ ।

सो अबसरमा मुख्यमन्त्री पाण्डेले निर्वाचन सफल पार्न प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए । अहिले पनि आफ्नो तर्फबाट आवश्यक समन्वय गरिरहेको उनको दाबी छ । ‘निर्वाचन भाग लिने दलहरुले नै हो । उम्मेदवार बन्ने पनि उहाँहरु नै हो,’ उनले भने,‘सरकारले सुरक्षाको ग्यारेन्टी दिने र दलहरुलाई आस्वस्त बनाउने काम गर्नुपर्छ भन्ने दलका साथीहरुको भनाई छ ।’

मन्त्री खरेलले निर्वाचनको लागि जिल्लामा आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई पनि निर्देशन दिएका छन् । बर्तमान सरकार तोकिएको समय भित्र निर्वाचन सम्पन्न गरेर जनताका प्रतिनिधिलाई नै सरकारको नेतृत्व सुम्पिन तयार रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार