गोरखा । गोरखा जेसीज बर्ष २०२६ को अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् ।
जेसीजको शनिबार सम्पन्न ४५ औ बार्षिक साधारण सभा तथां शाखा अधिबेशबाट श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो ।
अधिबेशनबाट कार्यकारी–उपाध्यक्षमा युनीक अर्याल, श्याम आले, उपाध्यक्षमा सञ्जोक तिमिल्सिना, सरोज मास्के, सन्तोष खत्री, सन्दिप नेपाली र सह–सचिवमा सन्दिप ढकाल चयन भएका छन् । अन्य पदमा भने आगामी बोर्ड वैठकले निर्णय गर्ने बताइएको छ ।