• शुक्रबार, साउन ८ २०८३

एकिकरण नेपाल गोरखाको सामाजिक लेखा परिक्षण सम्पन्न


बुधबार, पुष ९ २०८२
3.9K
Shares

गोरखा । एकिकरण नेपालले जिल्लामा सञ्चालन गरिरहेको साक्षरता र बालिका शिक्षा कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

गोरखाको नौ स्थानीय तहका २१९ विद्यालयमा सञ्चालन भएको साक्षरता कार्यक्रम र चार स्थानीय तहका १९ विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रमको सामाजिक लेखा परिक्षण गरिएको हो । सामाजिक परिक्षणका क्रममा तयार भएको प्रतिवेदन बुधबार एक कार्यक्रमको आयोजना गरेर सरोकारवालावीच सार्वजनिक गरिएको हो ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाको अध्यक्षतामा भएको प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, आरुघाट, भिमसेनथापा, गण्डकी, शहिद लखन, बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, कार्यक्रम लागू भएका विद्यालयका शिक्षक, विधार्थी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

आर्थिक बर्ष २०८१/८२ मा सम्पन्न भएका गतिविधीको सामाजिक परिक्षण गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

जसमा साक्षरता कार्यक्रम एकिकरण नेपालले ९ स्थानीय तहका एक सय वटा विद्यालयमा एकल लगानी, ४५ विद्यालयमा पालिकासंग साझेदारी र ७४ विद्यालयमा प्राविधिक सहयोग गरी २१९ विद्यालयमा सञ्चालनमा रहेको बताइएको छ । त्यस्तै बालिका शिक्षा कार्यक्रम भने गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेनथापा र सिरानचोक गाउँपालिकामा मात्रै सञ्चालनमा छ । यो कार्यक्रम चार स्थानीय तहका १९ विधालयमा सञ्चालन भइरहेको देवकोटाले बताए ।

कार्यक्रममा परियोजनाले पारेको प्रभावकारिता, चुनौती, समस्या, सवल पक्ष साथै सुधार गर्नुपर्ने पक्षहरु समेटेर प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा गत बर्ष कार्यक्रममा भएको वित्तिय प्रगतीको विवरण समेत सार्वजनिक गरिएको छ ।

जसमा प्रशासनीक खर्च तर्फ २६ लाख ३६ हजार ३३६ र कार्यक्रम कार्यान्वयन तर्फ दुई करोड ७५ लाख ३९ हजार २४४ रुपैया खर्च भएको बताइएको छ ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले परियोजनाले जिल्लाको शैक्षिक विकासमा पारेको प्रभावको खुलेर प्रशंसा समेत गरेका थिए भने कतिपयले यो कार्यक्रम जिल्लाभरका विद्यालयमा लागू गर्नुपर्ने, जिवन उपयोगी सीप तालिममा बालिका मात्रै नभई बालकलाई समेत सहभागी गराउनुपर्ने, यो कार्यक्रमको अपनत्व स्थानीय सरकारले लिनुपर्ने सुझाव राखेका थिए ।

सामाजिक परिक्षण कार्यक्रममा बिभिन्न पालिका र विद्यालयका लाभग्राही तथा सरोकारवालाहरुको भनाई समेटेर तयार पारिएको भिडिओ समेत प्रस्तुत गरिएको थियो । यस कार्यक्रम रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा छ ।कार्यक्रमको सहजीकरण नागरिक समाज सञ्चार नेटवर्कका कार्यकारी निर्देशक मोहसिन अलि मियाँले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार