• शुक्रबार, साउन ८ २०८३

जापानमा अस्ताएका गणेश ऐरको परिवारलाई झण्डै ४ लाख आर्थिक सहयोग


बुधबार, मंसिर २५ २०८२
3.6K
Shares

काठमाण्डौ । अध्ययनको सिलसिलामा जापान पुगेका डोटीका गणेश ऐरको निधनपछि उनको परिवारलाई राहत स्वरुप केहि आर्थिक सहयोग जुटेको छ । सकृय शैक्षिक परामर्श संघ नेपाल (एइक्यान) का उपाध्यक्ष समेत रहेका कोतोदामा कन्सल्टेन्सिका सन्चालक विनोद पोखरेलको पहलमा ऐरको परिवारलाई ३ लाख ९८ हजार रुपैया आर्थिक सहयोग जुटेको हो ।

डोटीको शिखर नगरपालिका ५ तिजाली घर भएका ऐरको परिवारलाई सहयोग स्वरुप संकलन भएको सो रकम हस्तान्तरण गरिएको पोखरेलले बताए ।

सन् २०२४ को अप्रिलमा जापान पुगेका ऐरले आत्महत्या गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका उनको परिवारलाई थोरै भएपनि सहयोग गर्ने उदेश्यले पोखरेलको पहलमा नेपाल र जापानमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

जसमा ऐर अध्ययनरत टोकियो इन्टरनेशनल जापनिज स्कुलबाट २ लाख १४ हजार र बिभिन्न इन्ष्टिच्युट तथा ब्यक्तिहरुबाट १ लाख ८४ हजार रुपैया आर्थिक सहयोग भएको थियो ।

अध्ययन गर्न जापान गएको छोराले आत्महत्या गरेसंगै शोकमा डुबेको परिवारलाई सहयोग गर्न आफूले चलाएको अभियानमा सहभागी भई आर्थिक सहयोग गर्ने संस्था तथा ब्यक्तिलाई अभियान्ता पोखरेलले धन्यवाद समेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार