गोरखा । गण्डकी गाउँपालिका वडा नम्बर २ याङ्दीका तुलबहादुर थापाले ३ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । उनले ८७ बोटबाट मात्रै यो वर्ष करिब ४ लाख बराबरको सुन्तला फलाए । २०७४ सालदेखि सुन्तला खेती गर्दै आइरहेका थापा यो बर्ष सुन्तला खेती बढेकोमा खुसी छन् ।
‘मैले लगातार ५ वर्षदेखि सुन्तला बिक्री गर्दै आइरहेको छु, गत वर्ष पनि राम्रै भएको थियो,’ उनले भने, ‘वर्षेनी उत्पादन बढ्दै गएको छ । आशा छ आगामी वर्ष झनै राम्रो हुन्छ ।’ उनले केही समय अघि नर्सरीबाट १०० वटा सुन्तलाको बिरुवा रोपेर सुन्तला खेती बिस्तार गरेका छन् ।
सोही ठाउँका अर्का किसान एकबहादुर थापाले पनि यो वर्ष १ लाख ५० हजार बराबरको सुन्तला बेचिसकेका छन् । उनीसँग अहिले सानो र ठुलो गरेर ४०० बोट सुन्तलाका बिरुवा छन् ।
जसमध्ये केही बिरुवाले उत्पादन दिन सुरु गरिसकेका छन् भने केही उत्पादनको तयारीमा छन् । गण्डकी गाउँपालिकाका वडा नंं २ का किसानले उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागि सुन्तला उत्पादन कृषक सहकारी नै गठन गरेका छन् ।
‘हाम्रो सहकारीमा अहिले करिब १४० किसानहरु आबद्ध हुनुहुन्छ । जसमध्ये १०० किसानहरुले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएको छ,’ सहकारीका संयोजक एकबहादुर थापाले भने, ‘एक जना किसानले ७ देखि १० लाख सम्म आम्दानी गर्न सफल हुनुभएको छ ।’
पहिले सुन्तला बेच्न कै लागि काठमाण्डौं चितवन लगायतका क्षेत्रमा लैजानुपर्ने समस्या थियो । अहिले फिस्लिङमै बिक्री हुने गरेको उनले बताए । याङ्दी क्षेत्रबाट मात्र यो वर्षको करिब ३०/३२ लाखको सुन्तला बिक्री भइसकेको उनले बताए ।
अझै आधा सुन्तला बिक्री हुन बाँकी रहेको उनले गोरखा पहिलेदेखि सुन्तला खेतीका लागि परिचित जिल्ला हो । यहाँका विभिन्न ठाउँमा व्यवासीयक सुन्तला खेती गरी किसानले मनग्य आम्दानी गरिरहेका छन् ।
गण्डकी गाउँपालिका वडा नं २ याङ्दीका किसान तुलबहादुर थापाले ३ रोपनी क्षेत्रमा व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आइरहेको छन् । झण्डै ८७ बोटबाट मात्रै यो वर्ष करिब ४ लाख बराबरको सुन्तला बिक्री गरेको उनले बताए । उनले २०७४ सालदेखि सुन्तला खेती गर्दै आइरहेका छन् ।
‘मैले लगातार ५ वर्षदेखि सुन्तला बिक्री गर्दै आइरहेको छु, गत वर्ष पनि राम्रै भएको थियो,’ उनले भने, ‘वर्षेनी उत्पादन बढ्दै गएको छ । आशा छ आगामी वर्ष झनै राम्रो हुन्छ ।’
उनले केही समय अघि नर्सरीबाट १०० वटा सुन्तलाको बिरुवा रोपेर सुन्तला खेती बिस्तार गरेका छन् । सोही ठाउँका अर्का किसान एकबहादुर थापाले पनि यो वर्ष १ लाख ५० हजार बराबरको सुन्तला बेचिसकेका छन् । उनीसँग अहिले सानो र ठुलो गरेर ४०० बोट सुन्तलाका बिरुवा छन् ।
जसमध्ये केही बिरुवाले उत्पादन दिन सुरु गरिसकेका छन् भने केही उत्पादनको तयारीमा छन् । गण्डकी गाउँपालिकाका वडा नंं २ का किसानले उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागि सुन्तला उत्पादन कृषक सहकारी नै गठन गरेका छन् ।
‘हाम्रो सहकारीमा अहिले करिब १४० किसानहरु आबद्ध हुनुहुन्छ । जसमध्ये १०० किसानहरुले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएको छ्,’ सहकारीका संयोजक एकबहादुर थापाले भने, ‘एक जना किसानले ७ देखि १० लाख सम्म आम्दानी गर्न सफल हुनुभएको छ ।’
पहिले सुन्तला बेच्न कै लागि काठमाण्डौं चितवन लगायतका क्षेत्रमा लैजानुपर्ने समस्या थियो । अहिले फिस्लिङमै बिक्री हुने गरेको उनले बताए । याङ्दी क्षेत्रबाट मात्र यो वर्षको करिब ३०र३२ लाखको सुन्तला बिक्री भइसकेको उनले बताए । अझै आधा सुन्तला बिक्री हुन बाँकी रहेको उनको जानकारी दिए ।
‘एउटै विरुवालाई पचासौं बर्ष राख्ने तर गोडमेल र मलजल नगर्ने प्रचलन थियो,’ उनले भने, ‘तर अहिले आधुनिक तरिकाले सुन्तला खेती गर्दा उत्पादन पनि बढ्न थालेको छ ।’
गाउँपालिका कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनीकरण परियोजनाले किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरेको उनले बताए । त्यहाँबाट प्राप्त अनुदानले किसालनाई थप हौसला मिलेको उनको दाबी छ ।
त्यस्तै गोरखा नगरपालिका–४ फिनामका अर्जुनप्रताप राणाले हाइटेक नर्सरी बनाएर सुन्तला खेती गरिरहेका छन् । स्थानीय जातका बिरुवा जरामा ग्रिन हाउसमा उत्पादन भएका माउ बोटको हाँगालाई ग्राफटिङ गरी उच्च गुणस्तरको बिरुवा उत्पादन गर्ने गरिएको उनले बताए ।
६१ वर्षीय राणले बिगत ४० वर्षदेखि सुन्तला खेती गर्दै आइरहेको छन् । उनको बगैंचामा १२ महिना सुन्तला फलाउँछन् । सुुन्तला खेतीको सोमबार राष्ट्रिय कृषि आधुनीकरण परियोजनाको आयोजनामा जिल्ला समन्वय समिति कृषि विकास कार्यालय गोरखा, उर्जा तथा जलस्रोत कार्यालय, वन डिभिजन लगायतका सरोकारवाला कार्यालय पत्रकारहरुको टोलीले संयुक्त अनुगमन गरेको छ ।
‘सिमिति साधन स्रोत बाबजुद हामीले जिल्लाका किसानलाई हौसला जगाउन विभिन्न खालका कार्यक्रम र अनुदानहरु उपलब्ध गराइरहेका छौं,’ परियोजना प्रमुख पूर्ण ढुंगानाले भनिन्,‘किसानहरुको परिश्रम पनि राम्रो छ । हराउँदै गएको सुन्तला खेतीलाई पूर्ण स्थापित गर्ने हाम्रो प्रयास जारी छ ।’
तस्विरहरुः सुदीप श्रेष्ठ/सिभिलखबर