• शुक्रबार, साउन ८ २०८३

महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर, १३ करोड ५७ लाखको बिगो


बुधबार, मंसिर १८ २०८२
1.5K
Shares

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ।

७ जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ।

मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर भएको हो।

अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार