• शुक्रबार, साउन ८ २०८३

स्वास्थ्यमा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा गुप्ताले लिए सपथ


आइतबार, कार्तिक १० २०८२
1.2K
Shares

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका बब्लु गुप्तालाई आइतवार शितल निवासमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको सपथ गराए । २ मन्त्री थप भएसँगै सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भएपनि विवादका कारण अन्तिम समयमा उनीहरूको शपथ रोकिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार