• शुक्रबार, साउन ८ २०८३

डेंगु संक्रमित ३ हजार नाघे, दुईजनाको मृत्यु, ७४ जिल्लामा फैलियो

'डेंगु ७४ जिल्लामा फैलिएको छ'


बुधबार, भाद्र ४ २०८२
1.2K
Shares

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।

गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएका थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार