काठमाडौं । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख भन्दा धेरैले आवेदन फारम भरेका छन्।
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका ईपीएस शाखाले जानकारी दिएको छ।
यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।