• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशमा बढ्यो डेंगु सङ्क्रमण


बिहिबार, साउन १६ २०८२
725
Shares

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । प्रदेशस्थित स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता गण्डकी प्रदेशमा ६ सय नौ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गत जेठमा एक सय ६९ जनामा डेंगु देखिएकामा असार लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार