• शुक्रबार, साउन ८ २०८३

बज्र मनासलुद्धारा चिल्ड्रेनपार्क क्षेत्रमा वृक्षारोपण


आइतबार, साउन १२ २०८२
1.1K
Shares

गोरखा । रोटरी क्लब अफ बज्र मनासलुले चिल्ड्रेनपार्क क्षेत्रमा वृक्षारोपण गरेको छ । क्लबले शनिबार गोरखा नगरपालिका वडा नम्बर ५ को चिल्ड्रेनपार्क क्षेत्रमा बिभिन्न प्रजातीका बिरुवा तथा फलफुलका बिरुवा वृक्षारोपण गरेको अध्यक्ष विनोद अर्यालले बताए ।

क्लबका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, वडा नम्बर ५ का वडाध्यक्ष विष्णुबहादुर राना मगर लगायत क्लबका पदाधिकारी, सदस्यहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । क्लबले केहि समयअघि पनि पश्चिमकाली क्षेत्रमा वृक्षारोपण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार