• शुक्रबार, साउन ८ २०८३

रोटरी क्लब अफ बज्र मनासलुद्धारा पश्चिमकालीमा वृक्षारोपण


सोमबार, असार २३ २०८२
1.7K
Shares

गोरखा । रोटरी क्लब अफ बज्र मनासलु गोरखाले पश्चिमकाली मन्दिर क्षेत्रमा वृक्षारोपण सम्पन्न गरेको छ । शनिबार क्ललबे गोरखा नगरपालिका वडा नम्बर ५ को पश्चिमकाली क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

जसमा २ सय ५० भन्दा बढी बोटविरुवा रोपिएको क्लबका अध्यक्ष विनोद अर्यालले बताए । कार्यक्रममा करिब २ सय बिरुवा बिभिन्न प्रजातीका बोटबिरुवा र ५० बिभिन्न फलफुलका बिरुवा रोपिएको अध्यक्ष अर्यालको भनाई छ ।

कार्यक्रममा पश्चिमकाली मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार शारदा प्रसाद भट्टराई, स्थानीय महिला समुह, टोलविकास संस्थाका प्रतिनिधी, क्लबका पदाधिकारी, सदस्य लगायतको सहभागिता रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार