• शुक्रबार, साउन ८ २०८३

राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरीय प्रतियोगिता सोमबारदेखि गोरखामा हुने


आइतबार, जेष्ठ २६ २०८२
1.1K
Shares

गोरखा । राष्ट्रपति रनिङ शिल्डको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता गोरखामा हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापन तथा संचालनमा १६ औं गण्डकी प्रदेशस्तरीय प्रतियोगिता भोली जेठ २६ र २७ गते गोरखामा हुन लागेको हो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका करिब एक हजार बढी खेलाडी र १५० जना अफिसियलहरु प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

जसमा सात विद्याका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा महिला र पुरुष दुवै भलिबल र कबड्डी खेल सञ्चालन हुनेछन् भने कभर्ड हलमा तेक्वान्दो र कराते खेलहरु हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलकुद मैदानमा एथलेटिक्स तर्फका खेलहरु हुनेछन् भने विपद व्यवस्थापन हलमा उसु खेल संचालन हुनेछ ।

प्रतियोगिताबाट १०६ जना खेलाडी छनौट भएर केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने अध्यक्ष तामाङले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब ५५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

अध्यक्ष तामाङका अनुसार प्रतियोगिताको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ भने आजैदेखि बिभिन्न जिल्लाहरुबाट खेलाडीहरु आउनेक्रम सुरु हुनेछ । भोली सोमबार हरमटारी स्थित खेलकुद मैदानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार