• शुक्रबार, साउन ८ २०८३

सहिद लखन र भिमेनथापा सुविधासम्पन्न भवनमा, प्रचण्डले गरे उद्घाटन


बुधबार, जेष्ठ १५ २०८२
1.2K
Shares

गोरखाका दुई स्थानीय तहको प्रमुख प्रशासकीय भवन निर्माणले पूर्णता पाएको छ । केहि समयअघि निर्माण सम्पन्न भएको सहिद लखन र भिमसेनथापा गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन भएको हो ।

मंगलबार छुट्टाछुट्टै कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त दुबै भवनको उद्घाटन गरेका हुन् ।

सहिद लखन गाउँपालिका वडा नं। ६ घैरुङ पिपलछाप स्थित गाउँपालिकाको २१ रोपनी जग्गा मध्ये ६ हजार ४०० वर्ग क्यूफिट क्षेत्रफलमा ४ तल सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ । उक्त भवनमा कार्यपालिका हल, न्यायिक समितिको हल र सेमिनार हल, अध्यक्ष, उपाध्यक्ष, विभिन्न शाखा एवं गरी कुल ५२ कोठा रहेको इन्जिनियर राजन रानाभाटाले जानकारी दिए ।

अपाङ्गमैत्री उक्त भवनमा व्यवस्थित स्तानपन कक्ष, आवतजावतलाई सहज बनाउन दुईवटा मुख्य प्रवेशद्धार, भ¥याङ र लिफ्ट समेत निर्माण गरिएको उक्त गाउँपालिकाले जनाएको छ ।

कुल ८ करोड ४३ लाख ११ हजार २३७ रुपैयाँ लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । जसमा संघीय सरकारबाट ३ करोड ४९ लाख २६ हजार ४४० रुपैयाँ, जिल्ला समन्यवबाट रु ७७ लाख र गाउँपालिकाबाट रु ४ करोड १६ लाख ८४ हजार ७९७ रुपैयाँ खर्च गरिएको छ । भवन निर्माणका लागि २०७८ चैत २ गते रविना अविसा विकोन जेभीसँगै सम्झौता भएको भवन २०८१ पौष २ गते निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

भिमसेन थापा गाउँपालिकाले पनि अत्याधुनिक अपाङमैत्री कार्यालय भवन निर्माण गरेको छ । साँढे दुई तले भवनमा एक बैठक कक्ष, सभा हल, गरी अन्य १८ वटा सहित गरी २० वटा कोठा छन् ।

भवन निर्माणका लागि २०७८ माघको ७ गते एमएम कन्टूक्सन प्रालिसँग ३ करोड ४० लाख ५२ हजार ७०६ रुपैयाँ ८ पैसामा भ्याट सहित ठेक्का सम्झौता भएको थियो । उक्त गाउँपालिकाले भवनको कपाण्डिङ, मेनिरवाल समेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

दुबै गाउँपालिकाको भवन उद्घाटन गकार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधि सभा सदस्य राजेन्द्र बज्गाइ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल लगायतको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार