काठमाडौं । आफ्नो जन्मदिनको अवसर पारेर तनहुँ स्थित दमौलीका जमिर हुसेनले दृस्टीबिहिन आमाघर सामाजिक संस्थालाई खाद्धान्न सहयोग गरेका छन् ।
हरेक बर्ष जन्मदिन लगायतको विशेष अवसर पारेर सामाजिक संघसंस्थालाई नगद, आवस्यक सामाग्री लगायत सहयोग गर्दै आएका हुसेनले यस बर्ष काठमाडौंको दृस्टीबिहिन आमाघर सामाजिक संस्थालाई खाद्यान्न सहयोग गरेका हुन् ।
उनले १६ हजार भन्दा बढी रकमको खाद्धान्न सो संस्थालाई प्रदान गरेका हुन् । हाल सो संस्थाको संरक्षकत्वमा ६५ जना रहेको र उनिहरुको दैनिक खानपानमा सहयोग पु¥याउन आफुले खाद्धान्न सहयोग गरेको हुसेनले बताए ।
उनले सो सामाग्री संस्थाका अध्यक्ष टेक बहादुर राउतलाई हस्तान्तरण गरेका थिए । यसअघिदेखि नै उनले बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्री र खाद्यान्न लगायत सहयोग गर्दै आइरहेका छन् ।