• शुक्रबार, साउन ८ २०८३

भाषा परीक्षा पास गरेकाहरुलाई छिटो कोरिया पठाइदिन माग


बिहिबार, भाद्र २७ २०८१
1.6K
Shares

काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् ।

ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान पाउने गरी व्यवस्था गर्न माग गरेका छन् ।

सन् २०२३ मा पानीजहाज निर्माण क्षेत्रमा जान करिब चार हजार जना नेपालीले कोरियाली भाषा परीक्षा पास गरेका थिए । तीमध्ये तीन हजार ९२७ जना रोजगारीका लागि योग्य ठहरिएका थिए ।

अहिलेसम्म १३७ जना कोरिया गइसकेका छन्, २१० जनाले भिसा जारी भएको पुष्टि हुने प्रमाणपत्र (सीसीभीआई) पाएका छन् भने अरु २१० जनाको श्रम सम्झौता समेत आइसकेको छ ।

भाषा परीक्षा पास गर्ने विद्यार्थीहरुका अनुसार बाँकी तीन हजार ७१७ जना पानीजहाज निर्माण क्षेत्रको रोस्टरमा छन् । परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुको नाम आआफ्नो क्षेत्रको रोस्टरमा चढ्ने र त्यसबाटै रोजगारदाताले छनोट गरेर लैजाने गरेका छन् ।

उत्पादनमूलक क्षेत्रबाट भाषा परीक्षा पास गरेपनि क्षेत्र परिवर्तन गरी पानीजहाज निर्माण क्षेत्रमा कोरिया जाने विद्यार्थीहरू ४३५ जना थिए । तीमध्ये २६६ जना कोरिया गइसकेका छन् भने २६७ जनाको सीसीभीआइ आएको छ ।

२६७ जनाको श्रम सम्झौता आइसकेको छ । क्षेत्र फेरेर पानी जहाज निर्माण क्षेत्रमा आएका १६८ जना कोरिया जान बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार