पोखरा । गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। एमालेले पाउने ४ वटा मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाउने भएका छन्। यसअघि उक्त मन्त्रालय राजीव गुरूङ ‘दीपक मनाङे’ले सम्हालेका थिए।
मन्त्रालय भागबण्डा अनुसार अब मनाङेले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्।
भागबण्डा अनुसार एमालेबाट मन्त्री बनेका पद्मा जिसीलाई कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।
कांग्रेसबाट मन्त्री बनेका टकराज गुरूङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन्।
यस्तै, बिन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा ऊर्जा, जलस्रात तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।