• शुक्रबार, साउन ८ २०८३

बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनका लागि नेपाललाई ३ अर्ब ६७ करोड रुपैयाँ अनुदान प्राप्त


सोमबार, भाद्र १७ २०८१
1.2K
Shares

काठमाडौं– सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ।

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले ईयूबाट २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन गरी २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार