• शुक्रबार, साउन ८ २०८३

सम्भव नेपालद्धारा भिमसेनथापा गाउँपालिकाका १२ समुहलाई भाँडाकुँडा, टेन्ट र कुर्सि सहयोग


शनिबार, असार २२ २०८१
2.4K
Shares

गोरखा । सम्भव नेपाल नामक संस्थाले भिमसेनथापा गाउँपालिका क्षेत्रका १२ वटा महिला समुहलाई बिभिन्न सामाग्री सहयोग गरेको छ । शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका वीच सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले १२ समुहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाले महिला समुहको आवस्यकता र माग अनुसार सामाग्री वितरण गरेको जनाएको छ । जसमा वाटरप्रुफ टेन्ट र साउण्ड सिस्टम (स्पिकर), ४० थान कुर्सि, ५ थान टेवल र भोजभतेल लगायतका कार्यक्रममा उपयोग हुने १६ प्रकारका भाँडाकुँडाका सामाग्री रहेको संस्थाका कार्यक्रम संयोजक उत्तम अधिकारीले बताए ।

गोरखामा ३ हजार महिलालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत भिमसेनथापा, गण्डकी, शहिदलखन, आरुघाट गाउँपालिका र गोरखा नगरपालिकाका गरी ७१ महिला समुहलाई अत्यावस्यक बिभिन्न सामाग्री सहयोग गर्न लागिएको संयोजक अधिकारीले जानकारी दिए ।

सोही कार्यक्रम अन्तर्गत शुक्रबार भिमसनथापामा सामाग्रीहरु हस्तान्तरण गरिएको उनको भनाई छ । कार्यक्रममा संस्थाका अध्यक्ष खत्रीसहित भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, उपाध्यक्ष अमृता भट्ट वस्ती, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी लगायतको उपस्थिती थियो । सामाग्री बुझ्न सबै वडाका गरी १२ महिला समुहबाट डेढसयभन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

सम्भव नेपालले गोरखामा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासमा हरेक बर्ष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि संस्थाले जिल्लाभरका गाउँपालिकालाई एम्बुलेन्स सहयोग, विद्यालय भवन निर्माण, विपन्नलाई आवास निर्माण, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ड्रेस, ट्राक्ससुट, झोला, स्टेशनरी लगायतका सामाग्री सहयोग गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार