• शुक्रबार, साउन ८ २०८३

रामबहादुर बम्जनलाई १० वर्ष कै*दको फैसला


सोमबार, असार १७ २०८१
2.9K
Shares

अदालतले तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ।

जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत आदेश गरेको स्रेस्तेदार सदन अधिकारीले बताए।

यसअघि भण्डारीकै इजलासले असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज सोमबारका लागि पेसी तोकेको थियो।

बम्जनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो।

जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार