• शनिबार, साउन ९ २०८३

कुवेतले थप दुई लाख नेपालीलाई रोजगारी दिने


बुधबार, असार १२ २०८१
1.7K
Shares

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतमा थप दुई लाख नेपाली कामदारले श्रमको अवसर पाउन लागेको बताएका छन् । कुवेतका विदेशमन्त्रीले इरानको तेहरानमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठलाई थप दुई लाख नेपाली कामदार लिन लागेको जानकारी दिएका हुन् ।

एसिया सहयोग संवाद (एसिडी)को मन्त्रीस्तरीय बैठकमा सहभागी भएर फर्किने क्रममा श्रेष्ठले मंगलबार पत्रकारहरूसँग भने, ‘कुवेतमा हाल एक लाख नेपाली छन् । यो वर्ष कुवेतले काठमाडौंमा दूतावास खोल्ने र दुई लाख थप नेपाली लैजाने जानकारी दिएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार