• शुक्रबार, साउन ८ २०८३

पालुङटारमा ८३ करोड बढीको बजेट सार्वजनिक, कुन शिर्षकमा कति ?


सोमबार, असार १० २०८१
2.5K
Shares

गोरखा । पालुङटार नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१–८२ का लागि ८३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार भएको १५ औ नगर सभामा नगर उपप्रमुख बन्दना पाण्डेले ८३ करोड २८ लाख रुपैया बराबरको बजेट प्रस्तुत गरेकी हुन् । जसमा संघीय सरकारबाट ७१ करोड ७७ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

समानीकरण अनुदानतर्फ १७ करोड १ लाख, सशर्त अनुदानतर्फ ३८ करोड ३५ लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, बिशेष अनुदानतर्फ ३ करोड र राजश्व बाँडफाँडतर्फ ११ करोड ९१ लाख प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख पाण्डेले जानकारी गराइन् । गण्डकी प्रदेश सरकारबाट ४ करोड ५६ लाख प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन् ।

समानीकरण अनुदानतर्फ २ करोड ५१ लाख ९० हजार, समपुरक अनुदानतर्फ ७० लाख, बिशेष अनुदानतर्फ ३० लाख र राजश्व बाँडफाँड तथा सवारी साधन करतर्फ १ करोड ४ लाख रकम प्राप्त हुने अनुमान छ,’ उनले भनिन् । नगरपालिकाको आन्तरिक आय भने ६ करोड ९५ लाख हुने अनुमान गरिएको उनले जानकारी दिइन् । मासु र दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आगामि आर्थिक वर्ष पशुपन्छी बिकास तर्फ ६० लाख रकम विनियोजन गरिएको छ ।

खाद्य सुरक्षाको प्रत्याभूतिका लागि बिभिन्न शीर्षकमा गरि कुल १ करोड ७१ लाख रकम विनियोजन गरिएको नगर उपप्रमुख पाण्डेले बताइन् । नगरपालिकाभित्र सूचीकृत भएका बेरोजगारहरुलाई रोजगार सृजना गर्न १ करोड ३१ लाख छुट्याइएको छ । पर्यटन बिकासका कार्यक्रम संचालनका लागि ६० लाख, शिक्षा क्षेत्रको बिकास र शैक्षिक गुणस्तर सुधारका लागि २८ करोड १ लाख र आधारभूत स्वास्थ्यतर्फ ७ करोड ५ लाख छुट्याइएको छ ।

भौतिक पूर्वाधार अन्तरगत सडक तथा यातायात तर्फ ७ करोड ७६ लाख, सिंचाईका लागि १ करोड १० लाख, आर्थिक वर्षास तथा सहरी बिकास तर्फ १ करोड ५० लाख र बिद्युत तथा बैकल्पिक उर्जातर्फ ३० लाख विनियोजन गरिएको पाण्डेले बताइन् । उनका अनुसार भूमि तथा जलाधार व्यवस्थापनतर्फ ३ करोड छुट्याइएको छ । सुशासन तथा संस्थागत क्षमता बिकासतर्फ २२ करोड ६४ लाख विनियोजन भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार