गोरखा । शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित १५ औं गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम र उपाध्यक्ष इन्दिरा तिवारीले आर्थिक तथा विनियोजन विद्येयक पेश गरेका हुन् ।
आ।व। वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै थापाले कृषि विकास तर्फ कोदो, मकै र बेसार जस्ता खाद्यन्न बालीको विउ उत्पादन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने बताए ।
यसैगरी गाउँपालिका भित्रका न्युन विद्यार्थी भएका विद्यालयहरुलाई मर्ज गरेर आवश्यकता अनुसार भौतिक तथा अन्य पूर्वधार थप सुधार गर्ने नीति कार्यक्रममा उल्लेख छ । गाउँपालिका स्तरीय अस्पतालमा डाक्टरको व्यवस्थापन तथा अपाङ्ग भएका व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गर्ने नीति लिइएको छ ।
आगामी २ वर्ष भित्र २० देखि ६० वर्ष उमेर समुहका गाउँपालिका भित्र बसोवास गर्ने महिलाहरुको पाठेघरको क्यान्सर तथा स्तर क्यान्सरको परिक्षण ९भिआइए० गर्ने नीति लिइने अध्यक्ष थापाले बताए । रासायनिक मलको विकल्पमा प्राङ्गारीक मलको उत्पादन गरी क्रमशः विषादीमुक्त गाउँपालिकालाई आत्मनिर्भर बनाउदै लाने नीति लिएको छ ।
त्यस्तै पालिकाले गाउँपालिकाका स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने नीति ल्याएको छ । कृषि उत्पादनको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्सलाई व्यवस्थित गर्ने नीति गाउँपालिकाले अघि सारेको छ । विभिन्न संघ संस्था मार्फत गाउँपालिकाको पर्यटकीय, धार्मिक लगायत अन्य महत्वपुर्ण क्षेत्रहरुको पहिचान र प्रर्वद्धन गर्नका लागि आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्याक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी राष्ट्रको तथा यस गाउँपालिकाको धरोहर मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति गाउापालिकाले लिएको छ । यस्तै गुन्द्री, चकटी, मान्द्रो, डोको, थुम्से बुन्ने, हलो, कुटो, कोदालो तयारी गर्ने जस्ता रैथाने परम्पराथत स्थानीय सीपको विकास र प्रर्बदनमा जोड दिने, पढाईसँगै सीपलाई जोड्नको लागि एक विद्यार्थी एक सीपको कार्यक्रम सञ्चालन गरिने भएको छ ।
निति तथा कार्यक्रममाथी भएको छलफलमा बोल्दै गाउँसभा सदस्य काशिनाथ अंगाईले पालिकाले आत्मनिर्भर खालका निति तथा कार्यक्रम नसमेटीएका भन्दै थप्न सुझाव दिए । साथै शून्य समयमा पनि उनले विपद्व्यवस्थापन प्राकृतिकविपद् लगायतका क्षेत्रमा पालिकाले विशेष ध्यान दिन आग्रह गरेका थिए ।
यसैगरी गाउँसभा सदस्य प्रदिप श्रेष्ठले मनकामना केबुलकर लामो समय बन्द हुन भक्तजनलाई समस्या पर्ने भन्दै सडक मर्मत गरी सहज रुपमा यातायात सञ्चालन गर्न अनुरोध गरे । कृषि, पशुपन्छी विकास, सहकारी, ऐतिहाँसिक र साँस्कृतिक क्षेत्रहरुको विकास तथा पर्यटन विकास, घरेलु तथा साना उद्योग, आन्तरिक रोजगारी प्रवद्र्धन, बैदेशिक रोजगार, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, राजस्व, सूचना प्रबिधि, सुशासन तथा संस्थागत क्षमता विकास, सडक तथा यातायात निति लगायतका विषयमा विभिन्न योजना कार्यक्रमहरु समेटिएको छ ।
यसैगरी उपाध्यक्ष तिवारीले ६० करोड ७ लाख ४४ हजार ९९९ रुपैया बराबरको बिनियोजन विद्येयक प्रस्तुत गरेकी छिन् । यो गत वर्षको तुलनामा ६।२ प्रतिशतले कम हो । आन्तरिक श्रोतबाट २ करोड ३५ लाख ३० हजार राजश्व प्राप्त हुने गाउँपालिकाको अनुमान छ ।
त्यसैगरी संघिय सरकारबाटको राजश्व बाडँफाँडबाट प्राप्त हुने मुल्य अभिबृद्धि कर, अन्तः शुल्क, विद्युत रोयल्टी लगायतका शीर्षकहरुमा रु १० करोड ९९ हजार ९९९, संघीय समानिकरण अनुदानबाट रु १४ करोड २४ लाख, संघीय ससर्त अनुदान चालु रु २४ करोड ६ लाख, सर्सत अनुदान पुँजीगत रु ६४ लाख, विशेष अनुदान रु ३ करोड गरी संघीय सरकारबाट रु ५२ करोड ४ लाख ९९ हजार ९९९ प्राप्त हुने अनुमान रहेको छ ।
गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत रु ७८ लाख ३६ हजार, प्रदेश समानीकरण अनुदान तर्फ रु २ करोड ४ लाख ७९ हजार, प्रदेश शर्सत अनुदान पुँजीगत रु ४० लाख, प्रदेश समपुरक अनुदान चालुमा रु ६० हजार गरी प्रदेशबाट रु ३ करोड ८३ लाख १५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षमा चालू तर्फ ७५.८५ र पूँजीगत तर्फ २४।१३ प्रतिशत बजेट बिनियोजन भएको छ । आर्थिक विकासका मा २.६, सामाजिक विकासमा ११।४, पुर्वाधार विकासमा १९, शुसासन तथा अन्तरसम्बन्धीत क्षेत्र–वन बाताबरण र बिपद व्यवस्थापनमा समेत २ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च (तलव भत्ता समेत) १८ प्रतिशत, शर्सत र विशेष अुनुदानका योजना कार्यान्वयनका लागि ४६.२२ प्रतिशत बिनियोजन गरिएको छ ।
निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्नको लागि १ करोड ७५ लाख, नाम्जुङ, घैरुङ, ताक्लुङ, मनकामना, ढाडबारी, रामशाह घाट, आबुखैरेनी सडक कालोपत्रे तथा खगी मोड ढलानका लागि ३ करोड बजेट छुट्टाइएको उपाध्यक्ष तिवारीले सभालाई जानकारी दिइन् ।
विभिन्न वडामा खानेपानी आयोजना निर्माणका लागि ४५ लाख, शिक्षा क्षेत्रको विकास र सामुदायिक विद्यालयको गुणस्तरको लागि ३ करोड ९ लाख ८० हजार, युवा तथा खेलकुद विकासको लागि १३ लाख ५० हजार, पशु सेवा विकासको लागि ३० लाख, कृषिमा ४६ लाख ४० हजार, स्वास्थ्यमा १ करोड ७६ लाख बिनियोजन गरिएको छ ।