• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक सुरेन्द्रराज पाण्डे नियुक्त

बुधबार, जेष्ठ १६ २०८१
1.4K
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको यो उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । यसअघि गत सोमबार सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

एमालेका नेता तथा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत र नियुक्ति प्रक्रिया खारेजको माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए । सर्वोच्चले पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार