काठमाडौँ– गोरखाकी फुञ्जो लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला आरोही बनेकी छन्। ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा ३१ मिनेटमा आरोहण गर्दै उनले यसअघिका सबै रेकर्ड तोडेर आफ्नो नाम लेखाएकी हुन्।
बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन्।
चुचुरोबा६ बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुग्नेको अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले उनी अहिले बेसक्याम्पतर्फ आउँदै गरेको उनको आरोहणको व्यवस्थापन गरेको क्लाम्बिङ्ग सेभेन समिट ट्यागनेपाल कम्पनीले जनाएको छ।
यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिजबुक रेकर्ड कायम गरेका थिए। फुञ्जोको घर गोरखाको चुमनुब्री गाउपालिका हो।