• शुक्रबार, साउन ८ २०८३

गोरखाको शहिद लखन ७ मा स्थानीय सभा, वडाले बर्षभरी गरेका कामको सार्वजनिकिकरण


बिहिबार, जेष्ठ १० २०८१
1.7K
Shares

गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ७ ले आर्थिक वर्ष सकिन २ महिना बाकी छँदै सम्पुर्ण योजनाहरु सम्पन्न गरेको छ ।

उक्त वडाले चालु आर्थिक वर्षमा २० वटा योजनाहरु सञ्चालन गरेको थियो । जसमा सबै योजनाहरु सम्पन्न भइसकेको वडा नं। ७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

वडाले बुधबार स्थानीय सभा व्यवस्थापन तथा वार्षिक समीक्षा कार्यक्रम गर्दै वडाले चालु आ व मा सम्पन्न गरेका योजना तथा सेवा प्रवाहका बारे जानकारी गराएको हो ।

कार्यक्रममा वडा सचिव पमिता अर्यालले वर्ष भरी गरेका कामको प्रगती प्रतिबेदन पेश गर्दै आर्थिक वर्ष २०८०र०८१ मा भएका गरेका कामको जानकारी गराएकी थिइन् ।

जसमा एक बर्षमा वडामा जन्म मृत्यु बसाइसराई, विवाह सम्बन्ध विच्छेद लगायतमा १७५ वटा घटना दर्ता भएको छ । सो वडा भित्रका ७०४ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् ।

वडामा बिभिन्न प्रयोजनको लागि नयाँ र नविकरण गरी १७ वटा व्यवसाय दर्ता भएका छन । त्यसैगरी १ हजार ६८६ नागरीकले वडाबाट सेवा लिगेको उनले बताइन् । उक्त वटामा हालसम्म ४४ वटा बैठक बसेको जनाएको छ ।

गाउँपालिकाबाट विनियोजित बजेटलाई वडाले २० वटा योजनाहरु बनाएर काम गरेको वडाध्यक्ष श्रेष्ठले सुनाए ।

सेवा प्रवाह सहित बिभिन्न सुचकलाई आधार बनाएर वडालाई यसै बर्ष गाउँपालिकाले पालिकाभरका १० मध्ये उत्कृष्ट वडा समेत घोषित गर्दै थप बजेटसहित पुरस्कृत समेत गरेको थियो ।

‘उपभोक्ता समिति, जनप्रतिनिधि, वडाका कर्मचारी र तपाइँहरु सबै जनता सबैको सहयोगमा हामीले कसमयमै काम सम्पन्न गर्नसफल भयौं,’ उनले भने,‘जसको फलस्वरुप हामी उत्कृष्ट वडा हुन सफल भयो ।’ बैठकमा कृषि, पशु, खानेपानी तथा सरसफाई, टोल बिकास संस्था, बिभिन्न सामाजिक संस्था, विद्यालय गैरसरकारी संस्था, सामुदायिक बन लगायतका गतिबिधिहरु पनि प्रस्तुत गरिएको थियो ।

स्थानीय सभा सहसंयोजक शुक्रराज श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाको उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य, राजनैतिक दल, टोल बिकास संस्था, विद्यालय, सामुदायीक सिकाइ केन्द्र, योजना उपभोक्ता समितिका प्रमुख एबं प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले शहिद लखन अन्य वडा भन्दा सधै उत्कृष्ट रहेको बताइन् । यसलाई आगामी दिनमा थप व्यस्थित र भरपर्दो बनाउँदै लैजाने प्रतिवद्धता जनाएका छ ।

आम सर्वसाधारण एवं सरोकारवालाहरुले वडाकार्यालयलाई शुभकामना दिदै आगामी दिनमा झनै शसक्त र प्रभावकारी बिकास भएको वडाहरुको रुपमा चिनाउन सफल रहने विश्वास व्यक्त गरेका छन् ।

सो अबसरमा उत्कृष्ट काम सम्पन्न गर्ने उपभोक्ता समितिहरु, संघसंस्था, विद्यालय र आम सरोकारवालालाई सम्मान समेत गरिएको थियो। त्यस्तै दुई जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको वडा नम्बर ७ ले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार