• शुक्रबार, साउन ८ २०८३

रवि लामिछानेलाई ठगी प्रकरणमा कहिलेसम्म चोख्याउने प्रचण्ड-केपी कमरेड ?


बुधबार, बैशाख ५ २०८१
2.4K
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईको नेतृत्वमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएपनि उनीमाथि मुद्धा चलाउन सरकारी निकायले खुट्टा कमाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाणहरु उल्लेख गरेपनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र प्रहरी प्रमुखले नै सुनपानी छरेर चोख्याए पछि मातहतको प्रहरी र सरकारी वकिलको कार्यालयले लामिछानेलाई अभियुक्त बनाउने आँट त गरेन सामान्य सोधपुछ गर्न समेत खुट्टा कमाएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा निरन्तर छानविनको माग उठाएपनि संसदको अधिवेशन समेत स्थगित गराएर जुरुक्कै काँधमा बोकेर हिडेका रविलाई कहिले सम्म सुनपानीले चोख्याइराख्ने हो प्रचण्ड र केपी कमरेड ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार