• शुक्रबार, साउन ८ २०८३

पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपति पौडेलले गरे पूजा


शुक्रबार, फाल्गुन २५ २०८०
2.8K
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् ।

नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

तस्विरहरु:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार