काठमाडौँ । बानेश्वरको संघीय संसद भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र हटाइएको छ । फुटपाथमा प्रतिबन्ध लगाउने भनेर नभइ अल्पकालीन रुपमा लगाइएको प्रतिबन्ध हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएकाे छ ।
माइतीघरमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने नगर्ने यस विषयमा भने छलफल चलिरहेको बताइएकाे छ ।
सोमबार लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको प्रवेशपछि बानेश्वर र सिंहदरबारको फुटपाथमा प्रतिबन्ध लगाइएको थियो ।
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि हिरासतमा राख्न उनीहरूलाई सात दिनको म्याद थप गरिसकेको छ ।