• शुक्रबार, साउन ८ २०८३

‘धरहराको निःशुल्क पार्किङ बन्द गर्नू’ भन्ने पत्र आएपछि बालेन आक्राेशित


सोमबार, माघ २२ २०८०
1.7K
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरहरा क्षेत्रमा हालै सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै आक्रोस व्यक्त गरेका छन्। तर, कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन्।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पूरा नभएको भन्दै उनले अहिले आएर पार्किङ बन्द गर्नु भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका छन्।

आज (सोमबार) बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने बताएका छन्।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेको प्रसंग उल्लेख गर्दै उनले उद्घाटन गरेको २ वर्ष ९ महिनासम्म पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्यमाथि प्रश्न गरेका छन्।

‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो। सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’, मेयर बालेनले लेखेका छन्, ‘तर केहिदिन अगाडि त्यहीँ ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ- ‘धरहरा निर्माण हुँदैन। पार्किङ बन्द गर्नु।’  उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नु भएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

हेर्नुहोस् मेयर बालेनको फेसबुक स्टाटस

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ” ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार