• शुक्रबार, साउन २९ २०८३

केपि ओलीबाट उद्घाटन भइसकेकाे धरहराकाे निर्माण कार्य अझै सकिएन, पाँचाै पटक म्यादकाे तयारी

ठेकेदार कम्पनीले चाैथाे पटक थपिएकाे समयसिमामा समेत सकेनन् काम


आइतबार, माघ १४ २०८०
1.7K
Shares

काठमाण्डौ । निमार्ण सम्पन्न नहुदै २ वर्ष अघि उद्घाटन गरिएको काठमाडौँको धरहरा अझै निर्माणाधीन अवस्थामा छ । दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले पाँचैपटक म्यादको प्रक्रिया अघि बढाएको छ ।

पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै म्याद थपको प्रक्रिया बढाएको हो । पाँचौँपटक म्याद थपका लागि प्रक्रिया अगाडि बढेको निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले जनाएको छ । हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने काम, झिलिमिलिका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम रहेका छन ।

निर्माण कम्पनीका अनुसार धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी नै छ तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मै धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । तर, टावरबाहेक अन्य संरचना निर्माण बाँकी रहेकाले सर्वसाधारणका लागि धरहरा खुला हुन सकेको छैन ।

तर निर्माण सम्पन्न नहुँदै धरहराको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।

महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार