• शुक्रबार, साउन ८ २०८३

नवीकरणमा अटेरी गरेपछि ३ इन्टरनेट कम्पनीको अनुमति खारेज


बिहिबार, मंसिर २८ २०८०
3.5K
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक तीनवटा कम्पनीको अनुमति खारेज गरेको छ।

श्री युनाइटेड टेलिकम लिमिटेड (पुतलीसडक), श्री म्याक्स नेट सोलुसन प्रालि (कोटेश्वर) र श्री चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो।

सार्वजनिक सूचना निकाल्दै प्राधिकरणले खारेज भएका ती कम्पनीलाई ३० दिनभित्र तिर्न बाँकी रकम तथा दस्तुर बुझाउन भनेको हो।

प्राधिकरणले उक्त कम्पनीहरुको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा ५ बमोजिम स्वतः खारेज भएको जनाएको छ।

हेर्नुहोस् सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार