• शुक्रबार, साउन ८ २०८३

डा. निरन्जन पन्तले ल्याए ‘मायाकाे गाँठाे’ (भिडि‌ओसहित)


आइतबार, मंसिर २४ २०८०
3.2K
Shares

काठमाडौँ । डा. निरन्जन पन्तले  ‘मायाको गाँठाे’ नामकाे गीत  सार्वजनिक गरेका छन् । दाेस्राे गीतका रुपमा डा. पन्तले आफ्नै युट्वुब च्यानल @drniranjanpanta मार्फत सार्वजनिक गरेका हुन् । शुक्रबार सार्वजनिक गरिएकाे उक्त गीत आइतबारसम्म करिब ७० हजार जनाले हेरिसकेका छन् ।

सरकारी स्वास्थ्य सेवामा कार्यरत डा पन्तकाे याे दाेस्राे गीत हाे । यसअघि उनले ‘मुस्कानका शब्दहरु’ नामकाे गीत ल्याएका थिए । पहिलाे गीतलाई दर्शकहरुले अत्याधिक रुचाएपछि पन्तले दाेस्राे काेशेलीका रुपमा ‘मायाको गाँठाे’ सार्वजनिक गरेकाे बताए ।

वरिष्ठ संगीतकार तथा आफ्नो गुरु तिलक सिंह पेलासित मिलेर संयुक्त  संगीत भरेको यस  गीतलाइ रिदम कँडेलले एरेन्ज गरेका हुन् । त्यस्तै गीतकाे भिडिओमा रक्षा थापा र अंकित आचार्यले माेडलिङ् गरेका छन् ।

डा पन्तले चिकित्सकीय पेशासँगै गीतसङ्गीतको यात्रालाई पनि सँगसँगै अघि बढाउने याेजना बनाएकाे सुनाए । संगीत क्षेत्रमा रुची भएकाले उनले भारतको इलाहावाद विश्वविद्यालयबाट दुई वर्षे औपचारिक संगीत शिक्षा पनि लिइसकेकाे बताए ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखामा कार्यरत डा पन्तको दैनिक जिम्मेवारी देशभरका सरकारी अस्पतालहरुमा उपचारको पद्धति व्यवस्थित गर्ने, अस्पतालहरुको अनुगमन गर्ने, चिकित्सकहरुलाई तालिम दिने लगायत रहेको छ । त्यसमा कुनै असर नपर्नेगरी बिहान, बेलुका र फुर्सदको समयमा गीत संगीतकाे सृजना गर्ने गरेकाे उनि बताउँछ्न् ।

 ‘मायाको गाँठाे’ गीत र भिडिओ निर्माणमा कुनै कसर बाँकी नराखेकाे उनले बताए । डा. पन्त गोरखाका स्थायी बासिन्दा हुन् ।

हेर्नुस् भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार