• शुक्रबार, साउन ८ २०८३

एकदिवसीय विश्वकप क्रिकेट उपाधि भिडन्त: पन्छाउला भारतले अस्ट्रेलियाको चुनौती ?


आइतबार, मंसिर ३ २०८०
2.2K
Shares

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनलमा आज आइतबार नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि अस्ट्रेलिया र भारत आमने सामने हुदैछन् ।

भारतको अहमदावादमा हुने फाइनलका लागि पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ९ विकेटले हराएर स्थान बनाएको हो भने दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाइ हराएर फाइनल पुगेको हो ।

कसको पल्ला भारी ?

सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी सर्बाधिक पाँच पटकको विश्व विजेता अस्ट्रेलियाले यो संगै आठ पटक फाइनल खेल खेल्दैछ भने सन् १९८३ र २०११  गरी दुई पटकको विश्व विजेता भारतले चौथो पटक विश्वकपको फाइनल खेल्न लागेको हो ।

यि दुई देश बिच भएकाे सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतलाई १२५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको थियो ।

भारतको घरेलु मैदानमा जारी विश्वकपमा भारत उत्कृष्ट लयमा छ । समुह चरण देखि सबै खेल जित्दै भारत फाइनल प्रबेश गरेको हो । अस्ट्रेलिया भने समूह चरणका सुरुका दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित भए पनि त्यसपछिका सबै खेल जित्दै फाइनल प्रबेश गरेको हो ।

यस पटकको विश्वकपमा भारत घरेलु दर्शकको समर्थनमा उच्च मनोबलमा छ । भारतको को ब्याटिङ्ग तथा बलिङ्ग दुबै लाइन बलियो देखिएको छ ।

ब्याटिङ्गमा विराट कोहलीले अहिलेसम्म ७११ रन बनाउदै जारी विश्वकपको सर्वाधिक रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा छन् भने कप्तान रोहित शर्मा ५५० रन बनाउदै सर्वाधिक रन बनाउने ब्याटरको सूचीको पाँचौ नम्बरमा छन् । त्यस्तै श्रेयस अय्यर ५२६ रन बनाउदै सूचीको सातौ नंबरमा छन् । के एल राहुल र सुभमन गिल पनि उत्कृष्ठ ब्याटिङ्ग गरिरहेका छन् ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५२८ रन बनाउदै सर्वाधिक रन बनाउने ब्याटरको सूचीको छैटौ स्थानमा छन् त्यस्तै ग्लेन म्याक्सवेलले यसै विश्वकपमा दोहोरो सतक लगाउदै आफुलाई प्रमाणित गरिसकेका छन् भने मिचेल मार्स पनि उत्कृष्ठ ब्याटिङ्ग गरिरहेका छन् ।

बलिङ तर्फ भारतका तिब्र गतिका बलर मोहम्मद सामी ६ खेलमा २३ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा छन् भने जसप्रित बुमराह, मोहम्मद सिराज, रविन्द्र जडेजा, कुलदीप यादव उत्कृष्ट बलिङ्ग गरिरहेका छन् ।

अस्ट्रेलियाका स्पिनर एडम जाम्पा १० खेल बाट २२ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सूचीको दोश्रो स्थानमा छन् । त्यस्तै जोस ह्याजलउड, मिचेल स्टार्क, प्याट कमिन्स पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

एकदिवसीय क्रिकेटमा भारत विरुद्ध अस्ट्रेलियाको इतिहास राम्रो छ । यि दुइ टिमले हालसम्म १५० एकदिवसीय खेल खेलेकोमा अस्ट्रेलियाले ८३ जित हासिल गरेको छ भो भारतले ५७ खेल जितेको छ ।

भारत वा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान तथा बलर खेल आफ्नो पक्षमा पार्न सक्षम देखिन्छन् । यसरि हेर्दा आइतबार भारतको अहमदावाद स्थित नरेन्द्रमोदी स्टेडियममा हुने २०२३ को एकदिवसीय विश्वकपको फाइनल रोचक हुने अपेक्षा गरिएको छ ।

#IndiaVsAustralia #IndVsAus #CricketWorldCup

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार