सारा जगतलाई अन्धकार बाट उज्यालो तर्फ लैजाने दीपावलीको साब्दिक अर्थ हुन्छ दीपको माला, दीपक ज्योति प्रकाशी अन्धकार माथी प्रकाशको विजयको प्रतिक स्थुल प्रकाश मात्र नभएर हाम्रो जीवनमा आध्यात्मिक ज्ञानको प्रकाश,सकारात्मक उर्जाको प्रकाश संचार गर्नु हो । कार्तिक कृष्ण त्रयोदसी देखि कार्तिक शुक्ल दुतिया सम्म यो उत्सव मनाइन्छ ।
दाजुभाई, दिदिबैनीको सम्वन्धलाई बढी महत्व दिइएको पाईन्छ । यममराज र यमुना दाजुबैनीलै एक आपसमा जुन स्नेह प्रकट गरे त्यसै बाट यम पञ्चक कहलियो । सुर्यपुत्र एवं सुर्यपुत्री यममराज र यमुना एउटै आमाको कोख वाट जन्मेका साख्य दाजुबैनी भने थिएनन् ।
यहाँ सौताने माम्लो थियो । सुर्यको संज्ञा नामकी स्त्री बाट यमराज मनु आदी सन्तान भए त्यसैगरि छाँया नामकी स्त्री बाट यमुना शनिश्चर आदी तर यहाँ सनिश्चर मनु आदीको कुनै चर्चा छैन यसको पछाडी भौतिक कारण पनि छ, आध्यात्मिक कारण पनि छ । यद्यपी तिहार पर्वमा लौकिक, पारलौकिक र अलौकिक बिषयहरु पनि समेटिएकोछ ।
कार्तिक कृष्ण त्रयोदसी प्रथम दिन कागको पुजा गरिन्छ, कारण काकोसी यमदुतोसी कागलाई यमराजको दुत मानिन्छ । समाचार ल्याउने पंक्षी पनि हो काग, जगतका सम्पुर्ण जिवहरु एकअर्काको परिपुरक हुन् । चेतनसिल जीवको रुपमा रहेको मानवले पशुपंक्षी हरुलाई श्रद्धा गर्नुपर्छ पुजा गर्नुपर्छ भनेर सिकाउने पर्व तिहार हो । तिहारमा पंक्षीहरुको प्रतिकको रुपमा बिहान कागको पुजा गरिन्छ साँझमा यमराज बैनीको घरमा आइपुग्छन् सुर्यपुत्र एवं यमुनाको दाजुलाई स्वागत छ यो भावले यमराजको पुजा गरिन्छ । बर्ष भरिमा यहि पाँच दिन यमराजले आफ्नो काम बाट बिश्राम लिनुहुन्छ यो समयलाइ यमराजले पनि यति धेरै महत्व दिनुभएकोछ ।
संसारमा वेद अन्तरगतको आयुर्वेदलाई स्वास्थ्य एवं चिकित्साशास्त्र सम्बन्धि खोज अनुसन्धानमा सरलिकृत गर्नुहुने आयुर्वेदाचार्य (धन्वन्तरि) उहाँको जन्मोत्सव पनि कार्तिक कृष्ण त्रयोदसीकै दिन पर्दछ ।
कुकुर तिहारको दिनलाई नरक चतुर्दसी पनि भनिन्छ, नरक जान नपरोस भनि सवेरै सकिन्छ सम्भव छ भने यमुनामा नसके अन्य जलाशय हरुमा स्नान गरि तिल हातमा लिई तर्पण दिई बत्ति बालेर बगाउने गरिन्छ । स्वमको हितमा वा कामना गरेको ब्यक्तिको हितमा प्रार्थना गर्दै हे यमराज हजुरको अर्को स्वरुप पनि छ धर्मराजको पुण्य कर्म गर्नेहरु धर्मराज संग र कुकर्म गर्नेहरु यमराजको शरणमा जानुपर्ने हुँदा मेरो सुधार होस् धर्मराजको शरण मिलोस् भनेर कामना गरिन्छ ।
द्धापरको अन्त्यमा जब महाभारतको युद्ध सकिएपछि सम्पुर्ण राजकाजको जिम्मा लगाई पाँच पाण्डव द्रौपती र एउटा कुकुर स्वर्ग तर्फको यात्राममा अघि बढ्दा भाईहरु र पत्नी एक पछि अर्को गर्दै छुट्दै गए तर अन्तिममा युधिष्टिरको साथमा उक्त कुकुर मात्र शशरिर स्वर्ग प्रवेश भएपछि खोजी गर्दा स्थुलमा कुकुर देखिए पनि धर्मराज पुष्टि भएको थियो । यसै मान्यता अनुसार कुकुरको पुजा गर्ने गरिन्छ । सांन्सारिक दृष्टिकोणले हेर्दा मानव सेवामा कुकुरको ठुलो महत्व छ ।
पुर्विय दर्शन, सनातन वैदिक धर्मग्रन्थहरु अनुसार गौमाताको महत्व र महिमा अधिक छ । यो पर्वले अझै थप प्रष्ट पारेको छ । मानिशको जन्म देखि मृत्यु पर्यन्त हुने जतिपनि संकारहरुमा गाईको गोवर, गउँत, दुध र घिउ अनिर्वाय हुन्छ ।
यम पञ्चकको तेस्रो दिन बिहान श्रद्धाभावले गौमाताको पुजा गरिन्छ धेनु रुपमा तिमी धनकी अधिष्टात्री हौ भन्ने भावले पुजा गरिन्छ । गोधनको पुजा भगवान श्रीकृष्णले पनि गर्नुभयो । दीपावली पर्व कात्तिक औंसीको दिन साँझ लक्ष्मी माताको पुजा रातमा महाँलक्ष्मीको पुजा गरेर मनाउने चलन छ । दिपावलीले असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय अन्धकार बाट प्रकाश तर्फ, असत्य बाट सत्य तर्फ, मृत्यु बाट अमरत्व तर्फको यात्रा लाई चरितार्थ गर्दछ ।
आजको दुनियामा सान्सारिक धन दौलतको मात्र अपेक्षा गरिन्छ तर यहाँ आध्यात्मिक अलौकिक प्रशंग छ । तन दीपक मन ज्योति करुँ प्रेम घृत लौ लाए स्थुल दिप संगै अन्तहकरणलाई पनि प्रकाशित पार्न तन रुपी दिपकमा प्रेमको घ्यु राखेर मनको ज्योतिले पुर्णब्रह्म परमात्माको लक्ष्मी माताको आरती गरौ, दर्शन गरौ ।
पौराणिक मान्यता अनुसार मर्यादा पुरुष भगवान श्रीराम पिताजीको आज्ञा अनुसार वनवास यात्रा सकेर लंका माथी बिजय प्राप्त गरि दीपावलीकै दिन अयोध्या फर्किदा उहाँको स्वागतमा अयोध्यावासीले सुगन्धित पुष्प अनि दिपले नगरलाई सिंगारी हर्षउल्लासका साथ श्रीरामको स्वागत गरेका थिए । श्रीरामको आगमन संगै अयोध्यामा कोहि पनि दुःखी पिडित रोगी, थिएनन् सोहि दिनको स्मरणमा यो पर्व मनाउने परम्परा छ । राम राज्य को प्रारम्भ संगै अयोध्यामा एउटा कुकुरले पनि न्याय पाएको रमाईलो प्रशंग छ ।
यसै दिन भगवान श्रीकृष्ण द्धारा नरकासुरको वध, सोह्र हजार राजकुमारी हरुलाई वन्धन मुक्त, दामोदर लिला,यसोदामैयाले कान्हालाई ओखलमा वाधिदिंदा ओखल सहित कान्हाजी द्धारा यमलाजन वृक्षलाई श्राप मुक्त, यमराज संग उनकी बहिनी यमुनादेवीको मिलन, बिक्रमादित्यको राज्यभिषेक संगै हाम्रो पञ्चागंमा बिक्रम सम्बत प्रारम्भ भएको दिन हो ।
हिन्दु लगाएत बिभिन्न सम्प्रदायहरु वौद, जैन शिख हरुका लागि पनि यो दिवस अत्यन्त महत्वपुर्ण छ । जैन धर्मका चौबीसौं तीर्थकंर भगवान महाविरले आजकै दिन महानिर्वाण प्राप्त गर्नुभएको थियो । जैन धर्मालम्वी आजको दिन पावापुरीममा भेला भई दीप प्रज्वलित गर्दछन् । शिख धर्मगुरु हरगोविन्दजी मुस्लिमको नियन्त्रण बाट मुक्त भई अमृतरसको स्वर्ण मन्दिर पुग्नुभएको थियो । शिख धर्मप्रतिको उनको आघात प्रेमको सम्झनामा आजकै दिन स्वर्ण मन्दिर लगाएत सबै गुरुद्धारमा शिख धर्मालम्वीहरुले दीप प्रज्वलित गर्दछन् ।
कार्तिक शुक्ल प्रतिपदा बिहान गोवर्धन पुजा गरिन्छ जुन अक्षेरातित श्रीकृष्णको ब्रज लिला संग सम्बन्धित छ । ब्रजवासीले ईन्द्रदेवको पुजा गर्न छोडेको निउँमा अत्यन्त ठुलो वर्षा गराइ गोकुललाई जल मग्न बनाइदिदा कृष्णजीले गोवद्र्धन पर्वत उठाइ सम्पुर्ण व्रजवासीलाइ न्यानो स्नेह प्रदान गर्नभएको थियो ।
यसै दिन साँझ समर्पणका प्रतिक वलिराजाको पुजा हुन्छ । जसले सर्वस्व त्याग गरि भगवानमा समर्पण गरिदिनुभयो । त्यसकारण भगवान चर्तुमास उहाँको चौकीदार हुनुभयो ।