• शुक्रबार, साउन ८ २०८३

दुरसञ्चारका अध्यक्षलाई प्रश्न ‘एमडिएमएस कसको स्वार्थपूर्तिका लागि लागू भएकाे ?’ [भिडिओ]


बुधबार, कार्तिक २२ २०८०
3.7K
Shares

अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको बताएकाे छ। मंगलबारबाट नेपाल दुरसञ्चार प्राधिकरणले साे सिस्टम कार्यान्वयनमा ल्याएकाे हाे । यसअघि प्राधिकरणले पटक पटक सूचना निकालेपनि कार्यान्वयनमा आउन नसकेकाे एमडिएमएस मंगलबारबाट भने कडाईका साथ लागू भएकाे बताइएकाे छ ।

तर अझैपनि आमनागरिक भने यसबारे पूर्ण जानकार भइरहेका छैन । खासमा एमडिएमएस लागू हुँदा फाइदा कसलाई हुन्छ ? देशलाई, प्राधिकरणलाई, माेवाइल ब्यवसायीलाई वा माेबाइल प्रयाेगकर्तालाई ? प्रश्न आम नागरिकले गरिरहेका छन् । यससंगै बजारमा एमडिएमएस कार्यान्वयनकाे पाटाेलाई व्यवसायीकाे स्वार्थसंग समेत जाेडेर हेरिएकाे छ ।

के हाे एमडिएमएस ? कसकाे स्वार्थमा नेपालमा यो लागू हुँदैछ  ? यसले कसलाई फाइदा पुग्छ ? यि र यस्तै प्रश्नसहित सिभिलखबरका सम्पादक राजेन्द्र काेइरालाले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसंग सिभिल संवाद गर्नुभएकाे छ ।

एमडिएमएस भनेको के हो ? दुरदराजका नागरिकले बुझ्ने भाषामा भनिदिनुस् न..

एमडिएमएस भनेको हामिले प्रयोग गर्ने मोवाईललाई व्यवस्थित रुपले संचालन गर्ने, सुरक्षित मोवाईल हो कि होइन ? उपभोक्ताले मोवाईल किन्दा सुरक्षित मोवाइल मात्र पाउने अवस्था बनाउने र उपभोक्ताको मोवाईल हराएको खण्डमा पत्ता लगाउन सजिलो बनाउने उद्देश्यले र यहाँका व्यापारीले नेपाल सरकारको सिस्टम भित्रबाटमात्रै मोवाइल खरिद गर्न पाउने व्यवस्था मिलाउनका लागि विकास गरिएको प्रणालि हो ।

कस्ता मोबाइल एमडिएमएसमा दर्ता हुन्छन् र कस्ता हुदैनन् ?

एमडिएमएस नेपालभित्र प्रयोगमा आउने सबै मोवाइलहरु दर्ता हुन्छन् र सबै मोवाइल अनिवार्य रुपमा दर्ता गर्नु पर्ने हुन्छ ।

बिदेशबाट श्रमिक वा अन्यले ल्याएका वा परिवारलाइ ल्याइदिएका मेवाइलको हकमा के हुन्छ ?

सबै मोवाइल एमडिएमएस दर्ता गर्नुपर्ने हुन्छ । नेपालको झिटिगुन्टा ऐनले यस बारेमा स्पष्ट पारेको छ । बिदेशमा जाने श्रमिकले दुइवटा सम्म फ्रिमा ल्याउन सक्ने, पर्यटकहरुले प्रयोग गरिरहेको एउटा ल्याउन पाउने व्यवस्था छ । आफ्र बिदेशमा गएको प्रमाण श्रमका लागि गएको प्रमाण सहित हाम्रो वेभसाइट मार्फत अपलोड गर्नुभयो भने सिधै दर्ता हुन्छ ।

एमडिएमएसमा दर्ता नभएका मोबाइललाई कसरी दर्ता गर्ने, प्रकृया के हो ?

दुरसंचार प्रधिकरणको वेभसाइट धधध।लतब।नयख।लउ मा गएपछि एमडिएमएस भन्ने सिस्टम देखिन्छ त्यस भित्र मागिएका डकुमेन्ट राखेपछि दर्ता हुन्छ ।

एमडिएमएसमा दर्ता नभएका मोबाइल अब चल्दैनन् भन्ने हल्ला सत्य हो ?

एमडिएमएसमा दर्ता नभएका मोवाईल बन्द हुन्छन्, तर पहिले प्रयोगमा आइसकेका मोवाईलको हकमा हामीले छोएका छैनौँ । अव उप्रान्त अथवा अबदेखि दर्ता नभएका मोवाईललाइ बन्द गर्ने हिसाबले हामी अगाडि बढीरहेको छौ । कार्तिक २० गते मेसेज पठाइएर १५ दिन पुगेका मोवाइल देखि लिएर अव आउने मोवाइल सबैको हकमा यो लागू हुन्छ ।

बन्द भएका मोबाइल दर्ता गरेर चल्ने बनाउने प्रकृया के हो ?

बन्द भइसकेको मोवाइलको हकमा ‘वान टु वान’ जस्तै कुरा भएको हो । व्यक्तिगत उहाँहरुको मोवाईलमा मेसेज पठाएर तपाइको मोवाईल यो मितिदेखि बन्द हुदैछ, दर्ता गर्नुस भनिसक्या छौं । त्यति भन्दा समेत उहाँहरुले नमान्नु भएको हो । पटक पटक उहाँहरुलाई सार्वजनिक सूचनामार्फत तथा पर्सनल मोवाईलमा सुचना पठाउदा उहाँहरुले दर्ता नगर्नुभएको मोवाइलहरु बन्द भएको हो ।

त्यो बन्द भएको मोवाइल खुलाउन अहिले कुनै व्यवस्था छैन तर सरकारसंग कुरा भैरहेको छ कि यि बन्द भइसकेको मोवाईललाई खुलाउन एउटा ढोका दिइनुपर्छ भनेर सरकारले पुर्नबिचार गर्न सक्छ ।

एमडिएमएसले देशलाई फाइदा पुग्छ कि ब्यवसायीलाई ?

यसले उपभोक्तालाई फाइदा पुग्छ । उपभोक्तालाई नेपालमा स्टाण्डराइज भएको सेट मात्रै प्रयोग गर्न बाध्य बनाउछ । नेपालमा स्तर स्विकृति गरिदिएका फोनहरु, तपाइको फोनले कतिको रेडिएसन फल्छ तपाइलाई जानकारी छैन त्यसले तपाइको स्वास्थ्यलाई हानि गरिरहेको छ कि तपाइको मोवाइलको स्किृन तुरुन्तै जानेखालका बजारका डुब्लिकेट फोन किनिरहनुभएको छ कि ?

तपाइलाई थाहा छैन । तपाइको पैसा मात्र लस हुन्छ । त्यस्ता मोवाइल नेपालमा छिर्दै नछिरुन व्यापारिले त्यास्ता फोन बेच्नै नपाउन् भनेर यो सिस्टम ल्याइएको हो । र तपाइको मोवाइल हरायो भने तुरुन्त बन्द गर्न सकियोस् र पत्ता लगाउन पनि सकियोस् भनेर यो सिस्टमले उपभोक्तालाई फोकस गरेको छ ।

ब्यापारिलाई फाइदा भन्दा पनि कालो बजारीलाई निरुत्साहित गर्न यो व्यवस्था ल्याइएको हो । कालो बजारीलाई निरुत्साहित गर्दा अर्को व्यापारीलाई फाइदा हुन्छ भने त्यो ब्लेम खप्न हामि तयार छौ ।

एमडिएमएस कार्यान्वयनमा के चुनौती देख्नुहुन्छ ?

एमडिएमएस कार्यान्वयनमा कुनै चुनौती नै छैन । वास्तवमा हाम्रा उपभोक्तालाई अझ हामीले अवेयर गर्नु आवश्यक छ । आमरुपले बजारमा भ्याटबिल तिरेर किन्ने किन्नु भन्दा पहिला एमडिएमएस दर्ता भएको छ कि छैन बुझेर मात्र किन्ने गर्नुभयो भने सुरक्षित फोन पनि प्रयोग गर्नुभयो, रेडिएसनको समस्या पनि रहेन, हरायो भनेपनि ट्रेस गर्न सक्नु भयो । उपभोक्तालाई यसरी बुझाउनु पर्यो हामीले ।

कालो बजारीले महंगो सेट थोरै सस्तोमा दिएको होला भोली नक्कली रैछ र बेच्ने मान्छे पछि फेला पर्दैन अनि उपभोक्ता ठगिदा पनि आउने त हामिकहाँ नै हो त्यसो भएको हुनाले हामिले उपभोक्तालाई प्रोटेक्ट गर्न खोजेको हो ।

मोवाइल किन्दा ग्राहकले कुन सक्कली कुन नक्कली कसरी पहिचान गर्ने ?

व्यापारिले एमडिएमएसमा दर्ता नभएको मोवाइल बेचेको पाइयो भने त्यो ब्यापारीलाई कारबाही गछौं भनेपछि त्यो व्यापारिले पनि बेच्न नसक्ने अवस्था सिर्जना हुन्छ । यो सिस्टम लागू भएपछि बजार पनि अव क्लियर हुन्छ । ब्ल्याकबाट आएको फोन पनि बेच्ने ह्वाइट पनि बेच्ने भयो भने त्यो दण्डको भागिदार हुन्छ । यसमा कुनै शंका छैन ।

हेर्नुस् भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार