काठमाडौँ । डेढ सय भन्दा बढीको ज्यान लिने गरी गएको जाजरकोट भूकम्पका पीडितहरु अहिलेसम्म पनि खुला आकाशमूनी रात गुजार्न बाध्य छन् । शक्रबार मध्यरातमा गएको ६.४ को भूकम्पले ठूलो मानविय र धनमालको क्षति पुर्यायो । जसले जाजरकोट, रुकुम पश्चिम सहित पश्चिम नेपालकै जनजिवन अस्त ब्यस्त बनाएको छ ।
अहिलेसम्म उद्धारकै काम चलिरहदा भूकम्पपीडितहरुको भने विचल्ली भएको छ । उनिहरुसम्म राहतका सामाग्री पुग्न सकेका छैनन् । अबको समय तिनै तहका सरकारले पीडितको ब्यवस्थापन र पुननिर्माणमा विशेष ध्यान दिनु पर्ने आवस्यकता देखिन्छ ।
यसै सन्दर्भमा २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पलाई नजिकबाट भोगेका, नियालेका दिपकबाबु कडेंलले जाजरकोट भूकम्पका पीडित र भत्केका संरचनाको पुननिर्माण साथै ब्यवस्थापनका लागि देशभरका स्थानीय तहलाई खुल्ला पत्र मार्फत आग्रह गरेका छन् ।
२०७२ सालको केन्द्रबिन्दु रहेको गोरखा र बारपाक नजिकै पालुङ्गटार नगरपालिका घर भएका कडेंल इन्जिनियर समेत हुन् । उनि यसअघि पालुङ्गटारका मेयर समेत थिए । स्थानीय तहको एकताले धेरै काम हुने उनको तर्क छ । भूकम्प पीडितको ब्यवस्थापन र पुननिर्माणमा आफु मेयर रहँदा गरेको कामको अनुभव, भोगाई र सिकाईलाई उनले देशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई खुला पत्र लेख्दै यस्तो अनुरोध गरेका छन् ।
प्रीय स्थानीय सरकार (तह) प्रमुख/उप प्रमुख
अध्यक्ष/उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि ज्युहरू
नमस्कार।
यतिबेला हाम्रो सिङ्गो मुलुकलाई विपद परेको छ। रुकुम र छिमेकी जिल्ला जाजरकोट लगायतका ठाउमा भुकम्पले भौतिक संरचना लगायत जनधनको ठुलो क्षती पुर्याएको छ। सम्पुर्ण देश नै सोकमा छ । यस् बिपतको घडीमा घाइतेको उपचारको लागी, पुनर्निर्माणको लागी सबैले आअप्नो ठाउबाट राहत तथा उद्धारमा सहयोग गरौं ।
देशको आर्थिक र वित्तीय अवस्था मध्येनजर गर्दै आ- आफ्नो क्षमता अनुसार कार्य पालीकावाट निर्णय गराई करोडौ सहयोग गरी घाउमा मलम लगाउन सकिन्छ र क्षति ग्रस्त स्थानीय सरकारलाई मेरा पनि इष्टमीत्र छन भन्ने सकरात्मक सन्देश दिन सकिन्छ। ‘एक थुकी सूकी हजारौ थुकी नदी’ भन्ने नेपाली मर्म लागु गरौ राजनीतिककर्मी, सामाजिक अभियन्ता अनावश्यक स्टन र उनीहरूको सामाजिक जीवनलाई असर गर्ने गरि सामाजिक सञ्जाल यु टूवमा प्रचारप्रसार नगर्न अनुरोध छ। प्रयोग गर्दा सबैले मर्यादित कसैलाई असर नपर्ने तरीकाले गरौ। यदि गरेमा प्रशासनले ठूलो सानो नभनी सबक सिकाउन अनुरोध छ। कूनै चिज प्रसारण गर्नु पर्ने भए सहमति र सदुपयोग गरौ।
यसरी स्थानीय तहले सहयोग आफ्नो विपतकोष, अन्य फजुल खर्च जोगाएर, जस्तै बिभीन्न भत्ताबाट जोगाउन सकिन्छ।
७७ जील्ला, ६ महानगर, ११ उप महानगर २७६ नगर पालीका ४६० गाउपालीका छन। सबै तहको आ आफ्नै वोर्ड (कार्य पालीका) छ । स्थानीय जन प्रतिनिधिले एक महीनाको आफुले पाउने भत्ता, travel allowance, communication allowance लगायत र अन्य खर्च कटौती गरी विपतकोषमा दीदा करिव ३८ करोड हून आउछ। तसर्थ भाई चारा अभिवृद्धि गर्न अनुरोध। गर्दछु।
प्रीय जनप्रतिनिधिलाई आफ्नो स्थानीय सरकारबाट निर्णय सम्मत तरीकाले आ आफ्नो विपतकोषवाट वा अन्य स्रोतबाट आफ्नो क्षमता अनुसार काठमाडौंबाट करोड अन्यवाट लाखौ गर्दा करीव २२ करोड भन्दा माथी यो भुकम्प को पुनर्निर्माण र राहतकोषमा जान्छ। यसो गर्दा ६० करोड भन्दा वढि रकम जम्मा हून्छ। यति गर्दा कोही जनप्रतिनिधि भोकै मर्दैन। सबै जुटौ यो देश निर्माणमा स्थानीय तहको ऐक्यबद्धता जनाउ। यसो गर्दा कसो होला ?
मेरो देश नेपाल
हामी सबै नेपालीकी आमा( नेपाल)अलि सहयोग हून्छ की?
दिपकबाबु कडेंल
नमस्कार
जय नेपाल।