• शुक्रबार, साउन ८ २०८३

कविता: ‘नेपाल हाम्रो विश्वको राम्रो’


बिहिबार, कार्तिक १६ २०८०
1.8K
Shares

मनाेज राज आचार्य

नेपाल हाम्रो विश्वको राम्रो, हिरा र मोतिले,
शान्तिको सन्देश दिने यो देश, बुद्धको ज्योतिले ।

समृद्धी यहि छरपष्ट छ, खै टिप्न जानेको,
अमृत पनि यहि छ, भनि खै पिउन जानेको ।

विश्वमा सभन्दा सुन्दर देश नेपाल रहेको
कस्तुरीले झै सुगन्ध खोज्दै भौतारी रहेको ।

अनेक भाषा र भेषले बेग्लै पहिचान बनेको
त्यहि पहिचान प्रबर्धन गरी, खै रम्न जानेको ?

हिमाल, पहाड, तराइ अनि प्रकृति यहि छ ।
ससांरमा यस्तो अद्भुत ठाउँ खै अन्त कहाँ छ ?

भगवान पनि यहि धर्तिमा खेलेर कुदेको
अनकौ जप, तप र ध्यान गर्नलाई रोजेको ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार