• शनिबार, साउन ९ २०८३

गोरखाबाट पठाइएकाे फूलपाती हनुमान ढोका दसैँ घरमा भित्र्याइयो


शनिबार, कार्तिक ४ २०८०
2.2K
Shares

काठमाडाैं । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ।

नेपालीहरुको महान् चाड बडा दसैँ अन्तर्गत शनिवार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए।

सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रश्तुत गरिएको थियो।

याेपनि पढ्नुहाेस्

गोरखाबाट हनुमानढाेका पठाइयाे फुलपाती (तस्विरहरु)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार