• शनिबार, साउन ९ २०८३

स्नातक तह इन्जिनियरिङको शुल्क पुरानै कायम, प्रवेश परीक्षा असोज २२ देखि


मंगलबार, असोज १६ २०८०
2.9K
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको शैक्षिक वर्ष २०८० २०८१ को स्नातक तहमा पुरानै शुल्कमा कायम भएको छ ।

संस्थानले मंगलबार प्रवेश परीक्षाको सूचना निकाल्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको हो ।

त्रिविको आंगिक क्याम्पसमा इन्जिनियरिङ पढ्न अब ३ लाख १८ हजार रुपैयाँ शुल्क तिरे पुग्ने छ । यसअघि सो शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।

विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले शुल्क पुनरावलोकनका लागि सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउने सुझाब सहित तीन बुँदे प्रतिवेदन बुझाएको थियो ।

सस्थानका अनुसार प्रवेश परीक्षा २२ असोजदेखि सञ्चालन हुनेछ । प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७ देखि १९ गते सम्म रहेको जनाइएको छ । यसअघि फारम भरिसकेकोले पुनः भर्नुपर्ने छैन । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार