• शनिबार, साउन ९ २०८३

इन्जिनियरिङ अध्ययन संस्थानद्धारा शुल्क पुनरावलोकन गर्न समिति गठन


बुधबार, भाद्र २० २०८०
1.7K
Shares

काठमाण्डाै ।  इन्जिनियरिङ अध्ययन संस्थानले स्नातह तहमा गरेको शुल्कवृद्धि पुनरावलोकन गर्न समिति गठन गरेको छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले आंगिक क्याम्पसहरुमा गरिएको शुल्कवृद्धि पुनरावलोकन गर्न सहप्राध्यापक हरिराम पराजुलीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।

७ दिनभित्र शुल्क पुनरावलोकन प्रतिवेदन पेश गर्न भनिएको समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।

संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिए पछि त्रिविले छलफल गरी शुल्क पुनरावलोकन गर्ने सहमति गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार