एलिष्टा सुवेदी
आफ्नो मानसिक स्वास्थ्यको पहिलो डाक्टर व्यक्ति स्वयं हुन्छ । व्यक्तिको मानसिक स्वास्थ्यमा वरपरका वातावरणले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।
मानसिक रोगकै कारण आत्महत्या घटना दिनानुदिन वढिरहेको विभिन्न तथ्यांकले देखाएका छन् । विश्वमा बर्सेनि आठ लाखभन्दा बढी मानिसले मानसिक अस्वस्थताका कारण आत्महत्या गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा वार्षिक पाँच हजारभन्दा बढीले मानसिक अस्वस्थताका कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।
त्यसलैले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउनु अत्यन्तै ठुलो आवश्यकता छ । यसले मानसिक रोगबाट वचाउनुको साथै कैयौं व्यक्तिलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ ।
सक्रिय रूपमा आफ्नो तनाव व्यवस्थापन गर्नुहोस्:
तपाइ स्पष्ट योजनाको साथ आफ्नो दिन सुरु गर्नुहोस् । आफ्नो कार्यहरू टिपोट गर्नुहोस्, उपलब्धि हासिल गर्न सकिने लक्ष्यहरू सेट गर्नुहोस् र विश्रामको लागि समय छुटाउनुहोस् । जब तपाईं आफुलाई व्यवस्थित गर्नुहुन्छ, तपाईंलाई तनाव व्यवस्थापन गर्न सहज हुन्छ ।
आफ्नो भावना व्यक्त गर्नुहोस्:
हरेक बिहान आत्मानुभुतिको लागि केहि समय दिनुहोस् । आफ्नो भावनाहरू पहिचान गर्नुहोस् । के अनुभव गरिरहनुभएको छ महसुस गर्नुहोस्, चाहे त्यो उत्साह, चिन्ता वा जे सुकै होस् । आफ्नो भावना व्यक्त गर्नुहोस् यसले तपाइको भावनात्मक भार हल्का गर्न मद्दत गर्छ।
प्रत्येक दिन मानसिक स्वास्थ्य योजना बनाउनुहोस्:
तपाईंको दिनचर्यामा मानसिक स्वास्थ्य अभ्यासहरू समावेश गर्नुहोस् । हरेक दिन पर्याप्त व्यायाम तथा पौष्टिक आहारका साथ सुरु गर्नुहोस् । तपाईंको दिमागलाई पोषण प्रदान गर्ने गतिविधिहरू जस्तै नियमित पढ्ने, ध्यान गर्ने, वा स्वच्छ वातावरणमा हिंड्ने जस्ता गतिविधिका लागि योजना बनाउनुहोस् ।
अरूप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्:
आफ्नो अन्तरक्रियालाई सकारात्मक सोचका साथ अगाडि बढाउनुहोस् । सहकर्मीसंग मुस्कुराएर कुरा गर्नुहोस्, साथीहरुलाई प्रोत्साहनमुलक सन्देश पठाउनुहोस्, उत्सुकताका साथ छलफलमा सहभागि बन्नुहोस् । अन्य मानिसहरुसंग नियमित रुपमो जोडिने मानवीय स्वाभाव भएकोले यसले तपाईंको आफ्नै मानसिक स्वास्थ्यलाई पनि सुधार गर्छ ।
याद गर्नुहोस्, हरेक दिन साना कदमहरूले तपाईंको मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण सुधार ल्याउन सक्छ ।