• शुक्रबार, साउन ८ २०८३

गण्डकी सरकारको सय दिन: २५ शय्याको डायलासिस केन्द्र, २२ मेसिन खरिद मुख्य उपलब्धि


आइतबार, साउन २१ २०८०
1.7K
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर सय दिनमा गरेको काम ४६ बुँदामा सार्वजनिक गरेका हुन् ।

सय दिने उपलब्धिमा सङ्क्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना, २२ वटा डायलासिस मेसिन खरिदलगायतका काम प्रदेश सरकारका मुख्य उपलब्धि रहेका छन् ।

प्रदेश सरकारले पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि ३३ लाख रुपैयाँको औषधि खरिद गरी जिल्लाजिल्लामा पठाएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार